Sunday, May 3, 2026
spot_img
spot_img

निर्माण व्यवसायी महासंघको अध्यक्षमा लामा र पाण्डेबीच प्यानलसहित प्रतिस्पर्धा हुँदै

spot_img
spot_img

निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६औँ साधारणसभा तथा १३औँ अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । चैत १७ गते उद्घाटन भएर १८ र १९ गतेसम्म चल्ने साधारणसभा र अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले आकांक्षीहरुले प्यानलनै बनाएका छन् ।

अध्यक्षमा हालका सल्लाहकार निकोलश पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे (एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । उनीहरुले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका हुन् । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्ने बताइएको छ ।

यसैगरी, लामाको पक्षबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले प्रतिस्पर्धा गर्न लागेको चर्चा छ ।

महासंघको अधिवेशन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । अध्यक्ष रवि सिंहका अनुसार अझैपनि सहमतिबाटै नेतृत्व चयनको लागि छलफल जारी रहेको छ ।

यसअघि माघ १५ देखि १७ गतेसम्म हुने तय भएको महासंघको साधारणसभा र अधिवेशन फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण धकेलिएको हो । साधारणसभा र अधिवेशनका लागि अहिले देशभरीबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...
spot_img