Tuesday, June 30, 2026
spot_img

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

spot_img
spot_img

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो सिसा हटाउने सम्बन्धमा छलफल भएको छ । आज असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको हो।

सो छलफलको क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भईरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरुमा कालो सिसा हटाउन लागेको जानकारी दिए।  त्यसैगरी उनले सवारी साधन प्रयोगकर्ताहरुले न्यूनतम रुपमा सवारी साधनको अगाडीको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेकोले सवारी साधन पैठारीकर्ताहरुले आ–आफ्नो सवारी साधन खरिदकर्तालाई यसबारे जानकारी दिन आग्रह समेत गरे ।

साथै उनले कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनु पर्ने जानकारी दिदै सवारी साधन पैठारीकर्ताहरुले पनि आफ्नो मेनुफेक्चरि· कम्पनीबाट कालो सिसा भएका सवारी साधनहरु आयात गर्न नहुने बताए।

सो छलफलमा नाडाका अध्यक्ष उपे्रतीलेसवारी साधनहरुमा कालो स्टिकर (फिल्म) प्रयोग भईरहेकोले त्यसलाई हटाउन प्राविधिक रुपमा खाशै समस्या नरहेकोले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए । नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोवाइल मेनुफेक्चरि· कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरुको हकमा त्यस्ता सवारी साधनहरुको संख्या खाशै धेरै नभएकोले त्यसको संख्या समेत यकिनगरी हटाउन सकिने बताए ।

यस सम्बन्धमा तत्काल छलफलका लागि काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। सो छलफलमा नाडाकोतर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img