आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार १ सय १० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ९५ रुपैयाँ तोकिएको छ ।












