Monday, June 29, 2026
spot_img

साउथ कोरिया नकआउटमा नपुगेको विषय छानबिन गर्न राष्ट्रपतिको निर्देशन, कोचले दिए राजीनामा

spot_img
spot_img
दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा नपुगेको विषयमा छानबिन हुने भएको छ । राष्ट्रपति ली जे-म्युङले छानबिनको निर्देशन दिएका हुन् ।
छानबिनको निर्देशन आएसंगै टोलीका मुख्य प्रशिक्षक होङ म्युङ-बो ले राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति ली जे-म्युङले टोलीको खराब प्रदर्शनप्रति ‘पूर्ण रूपमा स्तब्ध’ भएको भन्दै सरकारस्तरीय छानबिनको निर्देशन दिएलगत्तै आएको हो।
टोलीले दक्षिण अफ्रिकासँग १-० को हार बेहोर्दै समूह चरणमा ३ अंक मात्र जोडेर प्रतियोगिताबाट बाहिरिएपछि व्यापक आलोचना भएको थियो। होङले राजीनामा दिँदै टोलीको खराब प्रदर्शनको जिम्मेवारी पूर्ण रूपमा आफैंले लिने बताएका छन्।
यो छानबिन संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले गर्ने बताईएको छ। राष्ट्रपति ली जे-म्युङले मन्त्रालयलाई पूर्ण जिम्मेवारी दिएका छन्। अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार टोलीको खराब प्रदर्शनको वास्तविक कारणहरू, प्रशिक्षक होङ म्युङ-बोलाई नियुक्त गर्ने प्रक्रिया, कोरियन फुटबल एसोसिएसन (KFA) को व्यवस्थापन, करदाताको पैसा र राष्ट्रिय स्रोतको उपयोग, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सुधारका उपायहरूबारे छानबिन हुने छ । प्रशिक्षक नियुक्तिमा क्षमता र पारदर्शिताको अभाव भएको आशंका गरिएको छ ।
राष्ट्रपति लीले भनेका छन्, “विश्वकपमा भाग लिन ठूलो रकम करदाताको पैसा खर्च हुन्छ। त्यसैले यो घटनाको पूर्ण छानबिन गरी कारण पत्ता लगाउनुहोस् र सुधारका उपायहरू तयार पार्नुहोस्।”
यो घटनाले दक्षिण कोरियामा फुटबल प्रशासन र टोली व्यवस्थापनमाथि ठूलो  बहस सुरु गरेको छ। अब मन्त्रालयको रिपोर्टपछि थप कदम चालिने अपेक्षा गरिएको छ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...

हिमालयन लाइफ इन्स्योरेन्सको विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर...

असार १५ गते: ७५ लाख लिटर दही खपत हुने अनुमान

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ।...
spot_img