Sunday, May 3, 2026
spot_img
spot_img

एमालेकी प्रदेश सांसद रेखा शर्मा पक्राउ, आयो बालेनले भनेको ‘समय’

spot_img
spot_img

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको हो ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।

तर त्यस समय जिल्ला सरकारी वकिल कार्यालयले उनी विरुद्द मुद्दा नचलाउने निर्णय गरेको थियो । मुद्दा नचलाउने निर्णय भएपछि त्यसबेलाका काठमाडौँका मेयर वालेन्द्र शाहले फेसबुकमा लेखेका थिए ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

हाल सरकार परिवर्तन भएसंगै उनी पक्राउ परेकी हुन् । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप लगाइएको छ ।

उनी एमालेको तर्फबाट प्रदेश सांसद थिइन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...
spot_img