Tuesday, June 30, 2026
spot_img

बिपी राजमार्ग सञ्चालनमा आयो

spot_img
spot_img

अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । शुक्रबार साँझदेखि भएको वर्षाका कारण रोशी खोलामा आएको बाढीले अवरुद्ध बनेको बिपी राजमार्गमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहान ६ बजेबाट राजगमार्गमा दुईतर्फी रुपमै यातायात सञ्चालन गरिएको हो । तर, मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

शुक्रबारदेखि परेको पानीले अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो । रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो ।

गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ ।

शुक्रबारको बाढी तथा पहिरोले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा बाटो बगाएपछि राजमार्ग अवरुद्ध थियो । प्रहरीले काठमाडौँबाट उक्त राजमार्ग हुँदै चल्ने सवारीलाई काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फ नेपालथोक र मङ्गलटारमा सवारी साधन रोकेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img