Tuesday, June 30, 2026
spot_img

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

spot_img
spot_img

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द नेपालको जी मोटर्सले हालेको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता रहेको जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको थियो।

स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले सन् २०२६ जुन ५ देखि लागू हुने गरी जी मोटर्स सँगको आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता खारेज गरेको थियो। सम्झौता खारेज गर्ने निर्णय विरुद्द जी मोटर्सले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

जी मोटर्सले ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी सहित, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभाग र यातायात व्यवस्था बिभागलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । उसले आधिकारिक बिक्रेता सम्बन्धि सम्झौता कायम नै राख्न माग गर्दै मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा अदालतले असार ३ गते कारण देखाउ आदेश जारी गरेको थियो भने असार १२ गते न्यायाधीशद्वय ऋषिराम निरौला र नारायणप्रसाद सुवेदीको संयुक्त इजलाशले जी मोटर्सको माग अनुसार अन्तरिम आदेश जारी नहुने गरि आदेश दिएको हो । यस संगै अब कानूनी रुपमा पनि जी मोटर्स स्काईवेलको आधिकारिक बिक्रेताबाट बाहिरिएको छ ।

अब जी मोटर्सलाई स्काईवेल ब्राण्डका ईभी आयातका लागि यसअघि दिइएको एजेन्सी दर्ता हट्ने छ। यसअघि जी मोटर्सले प्रिमीयम ब्राण्ड स्काईवेललाई नेपाल भित्र्याउँदै आक्रामक प्रचार गरेको थियो । बीई११ र ईटी५ मोडललाई बजारमा अपेक्षाकृत बिक्री गर्न भने सकिरहेको थिएन । धनगढीका मेयर गोपी हमाललाई गाडी बिक्री गरेर चर्चा गराउन कोशिस गरेपनि जी मोटर्सले बिक्री बढाउन भने सकेन ।

तर, उत्पादक कम्पनीले सम्झौता खारेज गरिनुमा कुनै कारण भने उल्लेख गरेको छैन । यद्यपी, अब यो ईभी आयातका लागि लविङ गरिरहेका कम्पनीहरुले भने जी मोटर्सले बिक्री बढाउन नसकेकै कारण उत्पादकले सम्झौता खारेज गरेको दाबी गरेका छन् ।

यस अघि : स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img