Tuesday, June 30, 2026
spot_img

पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

spot_img
spot_img

सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उनीहरुलाई आज शनिवार बिहानै प्रहरीले पक्राउ गरेको हो ।

ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई उनको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

नव गठित सरकारको हिजो शुक्रबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले  जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।  प्रतिवेदनले सुरक्षा निकायको हकमा गरेका सिफारिस बारे भने अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय र सिफारिस गरिएका अन्यको हकमा भने गृह मन्त्रालयमार्फत प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने निर्णय गरेको थियो।

अघिल्लो सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ गर्न पूर्व न्यायधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। प्रतिवेदनले जेन्जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृह मन्त्री रमेश लेखक, र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई जेल सहितको कारवाही सिफारिस गरिएको छ ।

सोहि प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसंगै ओली र लेखक पक्राउ परेका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img