Tuesday, June 30, 2026
spot_img

फ्लोरीकल्चर एसोसियसनद्वारा महासंघको वस्तुगत उपाध्यक्षमा घिमिरेलाई समर्थन

spot_img
spot_img

फ्लोरीकल्चर व्यवसायीहरुको छाता संस्था फ्लोरीकल्चर एसोसियसनले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरे नेतृत्वको समूहलाई समर्थन गरेको छ ।

एसोसियसनले साना तथा ठूला सबै व्यवसायीलाई समेट्ने समावेशी महासंघ निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भावी अध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमसँग सहकार्य गर्दै अघि बढ्न घिमिरे समूहलाई जिताउनुपर्ने धारणा व्यक्त गरेको हो ।

घिमिरे ठूलो व्यवसायमा संलग्न भए पनि सरल र सहज स्वभावका व्यक्ति भएको उल्लेख गर्दै एसोसियसनले साझा नेतृत्वको अवधारणाअनुसार उनलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

एसोसियसनका तर्फबाट हिरामणी शर्माले महासंघ एजेण्डामुखी हुनुपर्ने आवश्यकता औंल्याउँदै सबै क्षेत्रका व्यवसायीका समस्या समाधानका लागि नीतिगत पैरवी गर्न सक्ने नेतृत्वको खाँचो रहेको बताए । उनले घिमिरे नेतृत्वको समूहले विभिन्न क्षेत्रका समस्यालाई समेट्दै प्रभावकारी रूपमा पैरवी गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

वस्तुगततर्फका उम्मेदवार शिव प्रसाद घिमिरेले महासंघलाई सबै व्यवसायीको आशा र भरोसाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारसँग प्रभावकारी रूपमा नीतिगत पैरवी गर्न सक्ने, नीति बुझ्ने र कार्यान्वयनमा लैजान सक्ने नेतृत्व चयन गर्न आग्रह गर्दै उनले भावी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा काम गर्न सहज हुने भएकाले उनले समर्थन गरेको समूहलाई विजयी गराउन पनि घिमिरेले आग्रह गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img