Tuesday, June 30, 2026
spot_img

शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा

spot_img
spot_img

नेपाली मूलका उद्यमी दम्पती शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाको सबैभन्दा धनी २५० जनामा पर्न सफल भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित दि अष्ट्रेलियनले प्रकाशित गरेको वार्षिक धनी सूचीमा उनीहरू क्रमशः १५०औं र १५१औं स्थानमा रहेका छन्। उनीहरू लगातार १८ औ वर्ष यो सूचीमा समावेश भएका हुन् ।

सन् २००९ मा पहिलोपटक टप २५० मा प्रवेश गरेका घले र गुरुङको जोडीले आफ्नो उत्कृष्ट समयमा ८०औं स्थानसम्म चढिसकेका थिए। यो वर्ष पनि उनीहरू अष्ट्रेलियाको अरबपति वर्गमा कायम रहेका छन्। दि अष्ट्रेलियनको रिपोर्टअनुसार उनीहरूको संयुक्त सम्पत्ति करिब १.२१ बिलियन अष्ट्रेलियन डलर  छ, जुन अघिल्ला वर्षहरूको तुलनामा स्थिर रहेको छ। सन् २०२३ मा यो सम्पत्ति करिब ९०० मिलियन अष्ट्रेलियन डलर थियो ।

दुवै जना सन् १९९० को दशकमा विद्यार्थीको रूपमा अष्ट्रेलिया गएका थिए। उनीहरूले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) को सह-स्थापना गरेका थिए, जुन आज शिक्षा र सम्पत्ति क्षेत्रमा अग्रणी संस्था बनेको छ। MIT शिक्षा तथा सम्पत्ति व्यवसायबाट उनीहरूको सम्पत्ति मुख्य रूपमा आर्जन भएको हो।

यो वर्ष उनीहरुको कुल सम्पत्ति ८ वर्षमा पहिलोपटक घटेको छ, तर घले–गुरुङको सम्पत्ति अरबपति स्तरमा कायम छ। दीर्घकालमा भने उनीहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ – सन् २०१८ मा ८७६ मिलियन अष्ट्रेलियन डलर बाट बढेर अहिले १.२१ बिलियन पुगेको छ।

उनीहरूले नेपालसँगको सम्बन्धलाई कहिल्यै टुट्न दिएका छैनन्। MIT ग्रुप फाउन्डेसन मार्फत उनीहरूले शिक्षा, स्वास्थ्य, भूकम्पपीडित पुनर्निर्माण र कोभिड राहतमा अर्बौं रुपैयाँ लगानी गरेका छन्। शेष घले पूर्व एनआरएनए अध्यक्ष समेत हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...
spot_img