अर्थमन्त्री रामेश्वर खनालले आजबाट आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको संकेत गरेका छन् । निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई फागुन २१ को चुनावी प्रतिवेदन बुझाएसँगै खनालले आफ्नो कुलिङ पिरियड सुरु भएको संकेत गरेका हुन् ।
‘आजदेखि मेरो कुलिङ पिरियड सुरु भएको छ । अब कृपया मेरो नाम जोडेर कुनै ट्रायल बेलुन नफैलाउनुहोस्’ उनले लेखेका छन् ।
यसअघि खनाललाई वर्तमान सरकारले राष्ट्रियसभामा सिफारिस गर्ने र नयाँ सरकारले अर्थमन्त्रीमा निरन्तरता दिने हल्ला चलेको थियो । सायद, उनले यस्तै हल्लालाई संकेत गर्दै कुलिङ पिरियड सुरु भएको बताएका हुन् ।












