Saturday, August 15, 2026
spot_img

धापासी सर्दै एनसेलको कर्पोरेट कार्यालय

spot_img

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर्पोरेट कार्यालय अब धापासीमा सर्ने भएको छ । जेन् जी आन्दोलनका क्रममा लैनचौरस्थित कर्पोरेट कार्यालयमा आगजनी भएपछि एनसेल अहिले नख्खुस्थित पूरानै कार्यालयमा सरेको छ । अब धापासीबाट एनसेलले कर्पोरेट कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।

धापासीमा व्यवसायी दीपक मल्होत्राले होटल सहेन्सा बनाउनका लागि तयार पारेको भवनमा एनसेल सर्न लागेको हो । यसका लागि दुइ पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मल्होत्राका अनुसार आगामी साउनबाट एनसेल उक्त भवनमा सर्ने गरी समझदारी भएको छ ।

अब केही दिनमै सम्झौतामा हस्ताक्षर हुनेछ । ‘अहिले एमओयू भएको छ, अब केही दिनमै सम्झौतामा हस्ताक्षर हुन्छ’ मल्होत्राले भने, ‘अवधि र अरु कुराहरु चाहिँ अब एग्रिमेन्टमा नै खुलाइन्छ ।’

मल्होत्राले होटल बनाउने भनेर भवन तयार पारेका थिए । तर, विभिन्न कारणले होटलका रुपमा भवन सञ्चालनमा आउन सकेन । त्यसपछि ट्रेनिङ सेन्टरका रुपमा सञ्चालन गर्नका लागि उनले तयारी अघि बढाएपनि लाइसेन्स लगायतका झन्झटिला प्रक्रियाले गर्दा त्यो पनि सफल भएन । त्यसकारण उक्त भवन खाली नै थियो ।

‘कोभिड, आर्थिक मन्दी लगायतका कारणले होटल पनि सञ्चालनमा ल्याउन सकिएन, त्यसपछि ट्रेनिङ सेन्टर बनाउने भनेर लाग्दा पनि लाइसेन्स लगायतको प्रक्रिया नै सहज भएन’ मल्होत्राले थपे, ‘अब त्यहाँ केही वर्षका लागि एनसेल बस्छ ।’

यसअघि लैनचौरमा एनसेलको कर्पोरेट कार्यालय रहेको भवनमा पनि अब होटल बन्ने भएको छ । यती समूहले १० तल्ले उक्त भवनमा पाँचतारे होटल बनाउन सुरु गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img