Tuesday, April 21, 2026
spot_img
spot_img

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने 

spot_img
spot_img

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ। देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा रहेको प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको जनाएको छ ।

यस अन्तर्गत नेक्सजेनले कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह प्रदान गर्ने छ। साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्टको सेवा दिने छ। त्यसै गरि बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न सघाउने छ ।

नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार नेक्सजेनले अन्य कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ । यो सेवाबाट विशेष गरि साना र मझौला कम्पनीरू लाभान्वित हुने मात्र नभई समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा ब्यवशाय बृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने उनको भनाई छ।

अध्यक्ष भट्टराईका अनुसार नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् । ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै हुँदैन । त्यसैगरि संचालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नै छैन । यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको छ । तिनै समस्याको समाधानको उदेश्य सहित नेक्सजेनले नयाँ सेवा ल्याएको अध्यक्ष भट्टराई बताउछन् ।

अध्यक्ष भट्टराई भन्छन् ‘कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको हो।’

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...
spot_img