Saturday, February 7, 2026
spot_img

नाईमाद्वारा यातायात व्यवस्था विभाग र काठमाडौं ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

spot_img
spot_img

नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भाद्र २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ । NAIMA अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीले मङ्गलबार सो हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा प्राप्त NAIMA को सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे ।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले NAIMA बाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापनाको छोटो समयमै NAIMA ले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरे ।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा यो सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु NAIMA को कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाईन्।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण दिँदै यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएको बताए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img