Saturday, July 25, 2026
spot_img

नेपालमा लगानीका लागि वृहत अवसर छः सीईओ ज्ञवाली

spot_img

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि वृहत अवसर रहेको उल्लेख गर्दै नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाल चीन लगानीसम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा उर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिक लगायतका क्षेत्रहरुमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा व्यक्त गरे ।

लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना गर्न र दीर्धकालीन रुपमा साझेदारी निर्माणका लागि पनि चिनीयाँ लगानीले सहयोग पुग्ने बताए । वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावहरुको द्रुत स्वीकृति, संस्थागत सुदुढीकरण, नीतिगत सुधार लगायतलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यको रूपमा स्थापित गर्नका लागि लगानी बोर्डले काम गरिरहेको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीका लागि सहजीकरण गर्न र आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्याहरुलाई समाधान गर्न लगानी बोर्डले अभिभावकको भूमिका निर्वाह गर्ने पनि बताएका छन् ।

नेपालमा चिनियाँ लगानीसम्बन्धी कार्यक्रम चाइनिज जनरल एशोसियसन अफ इन्डस्ट्रिज एण्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको थियो । कार्यक्रममा कृषि, उद्योग, सूचना प्रविधि, निर्माण क्षेत्र, पर्यटन लगायतका क्षेत्रमा अनुभव प्राप्त चिनियाँ लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img