Tuesday, April 21, 2026
spot_img
spot_img

महासंघका पदाधिकारीसँग प्रधानमन्त्रीले भने, ‘सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्छ’

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने खालका नीतिहरु अवलम्बन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवद्र्धन र विस्तार नभई मुलुकको उन्नति सम्भव नभएको बताउँदै उद्योगी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने बताए ।

महासंघका अनुसार प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् । निजी क्षेत्र बिना अर्थतन्त्र राम्रो हुन नसक्ने र निजी क्षेत्रलाई विस्तार नगरी अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई सहयोग गर्न कुनै कसरत बाँकी नराख्ने बताएका छन् ।

उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित थिए ।

भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल खस्किएको बेला भएकाले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताएका थिए । निजी क्षेत्रको विकास तथा विस्तारबाट मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।

अध्यक्ष ढकालले उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमामार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्ने लगायतका गैरमौद्रिक प्रोत्साहन आवश्यक रहेको पनि उनको भनाइ छ ।

अध्यक्ष ढकालले आर्थिक वर्षको सुरुमा नै नयाँ सरकार बनेको हुँदा पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको पनि बताएका छन् । उनले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीकै नेतृत्वमा निजी क्षेत्रको समेत सहभागीता रहने गरि आर्थिक सुधारको कुनै संयन्त्र खडा गर्न आवश्यक रहेको बताएका छन् ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्नसक्ने वातावरण निर्माण गर्न, सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल गर्न पनि महासंघले अनुरोध गरेको छ ।

अध्यक्ष ढकालको नेतृत्वमा रहेको प्रधानमन्त्रीलाई भेट्न गएको महासंघको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष शेखर गोल्छासहित वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेका थिए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img