Saturday, July 25, 2026
spot_img

आगामी चुनावमा सेना परिचालन गर्न सिफारिस

spot_img

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय भएको हो।

आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो ।

उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img