Saturday, July 11, 2026
spot_img

सेयर बजार अर्थतन्त्रको ऐना होः नवनियुक्त अर्थमन्त्री

spot_img

नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार पदभार सम्हाल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सेयर बजार सम्बन्धि सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।

पदभार ग्रहण गर्ने क्रममा उनले सेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउने गरी आफू नेतृत्वको मन्त्रालयले काम गर्ने पनि बताएका छन् । सेयर बजारमा लगानी गर्ने लाखौँ लगानीकर्तामा आत्मविश्वास जगाउने गरी मन्त्रालयले कार्यसम्पादन गर्ने नवनियुक्त उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।

उनले केही वर्षयता राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन बनेर नयाँ सरकार निर्माण भएकाले अब स्थिरता हुने दाबी समेत गरेका छन् । राजनीतिक अस्थिरताकै कारण आमजनतामा समेत निराशा छाएको र निजी क्षेत्रसहित अर्थतन्त्रका प्रमुख पिल्लरहरुकै आत्मविश्वास टुटेको देखिए पनि अब क्रमशः सुधर हुँदै जाने र नयाँ सरकारले निराशा चिर्दै आशा जगाउने उनको भनाइ छ ।

अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img