Friday, March 21, 2025
spot_img
spot_img

सेयर बजार अर्थतन्त्रको ऐना होः नवनियुक्त अर्थमन्त्री

नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । सोमबार पदभार सम्हाल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सेयर बजार सम्बन्धि सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।

पदभार ग्रहण गर्ने क्रममा उनले सेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउने गरी आफू नेतृत्वको मन्त्रालयले काम गर्ने पनि बताएका छन् । सेयर बजारमा लगानी गर्ने लाखौँ लगानीकर्तामा आत्मविश्वास जगाउने गरी मन्त्रालयले कार्यसम्पादन गर्ने नवनियुक्त उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।

उनले केही वर्षयता राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन बनेर नयाँ सरकार निर्माण भएकाले अब स्थिरता हुने दाबी समेत गरेका छन् । राजनीतिक अस्थिरताकै कारण आमजनतामा समेत निराशा छाएको र निजी क्षेत्रसहित अर्थतन्त्रका प्रमुख पिल्लरहरुकै आत्मविश्वास टुटेको देखिए पनि अब क्रमशः सुधर हुँदै जाने र नयाँ सरकारले निराशा चिर्दै आशा जगाउने उनको भनाइ छ ।

अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img