Sunday, July 26, 2026
spot_img

पूर्वसभामुख महरालाई सुन्धारा जेल पठाईयो

spot_img

पूर्वसभामुख कृष्ण बहादुर महरालाई सुन्धारा कारागार पठाईएको छ। जिल्ला अदालत काठमाडौंले आज महरालाई मुद्दाको फैसला नहुन्जेलसम्म पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो।

मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश जारी दिएको हो। बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष रहेको भन्न नमिल्ने रहेकोले थुनामा राख्न आदेश दिएको हो। इजलाशले महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने आदेश दिएको हो । अदालतको आदेश अनुसार उनलाई  सुन्धारास्थित जगन्नाथदेवल केन्द्रीय कारागार पठाईएको छ।

उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरेको थियो। उनी माथि गैर कानुनी रुपमा सुन आयात गरि सो सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको आरोप थियो।
प्रहरीले उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप थियो।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...
spot_img