चौधरी ग्रुपले जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यो घोषणा गरेका हुन् ।
यो केवल वाचा मात्र नभई आफ्नो गहिरो कर्तव्य र श्रद्धा भएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन् ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’ उनका अनुसार चौधरी ग्रुपले सम्पूर्ण शहिद परिवारलाई सम्पर्क गरिने छ।
साथै चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्न सकिने पनि उनले जनाएका छन्।











