सिंहदरबारमा जलेका सबै सामानलाई संसद भवन रहेको ठाउँमा लगेर थुपारिने भएको छ। आज मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।
भदौ २४ गते सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्ण रूपमा क्षति भै प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडवाट ध्वस्त हुन पुगेका विभिन्न यन्त्र, उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरको पछाडिको भागमा थुपार्ने निर्णय भएको हो ।
त्यहाँबाटै नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृयाबमोजिम तत्काल लिलामी/नष्ट गर्ने प्रकृया अघि बढाइने भएको छ । यसरी ध्वस्त भएका सवारी साधन, उपकरण र फर्निचरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले सिंहदरवार परिसरवाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वर लैजाने व्यवस्था मिलाउने निर्णय सचिव बैठकले गरेको हो ।









