नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय भएको छ । आज मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने र नेपाल सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको हो।
त्यस्तै सरकारी कार्यालयले गर्ने राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला,अन्तरक्रिया जस्ता कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने निर्णय भएको छ । साथै प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।









