Sunday, July 26, 2026
spot_img

जेनजी आन्दोलन: मन्त्रिपरिषद्को पहिलो बैठकले गर्यो ८ महत्वपूर्ण निर्णय

spot_img

सुशिला कार्कीको नेतृत्वमा नवगठित मन्त्रिपरिषद्को बैठकले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न ८ वटा निर्णय गरेको छ । मन्त्रिमण्डल गठन भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनसँग सम्बन्धित विभिन्न ८ वटा निर्णय गरेको हो।

यस्ता छन् बैठकका निर्णय: 

१. आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने,

२. मृतकको राष्ट्रिय सम्मानको साथ अन्त्यष्टि गर्ने,

३.  असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने ।

४. मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्चको लागि ५ लाख गरि कुल १५ लाख क्षतिपूर्ति दिने,

५. घाइतेहरुको निशुल्क उपचार गर्ने,

६. शव सम्बन्धित ठाउँमा लैजान निशुल्क यातायात (दुर्गममा हेलिकप्टर) सेवा उपलब्ध गराउने,

७. मृतक भएकाहरुको स्मरणमा जेनजी जागरण स्मरण पार्क बनाउने,

८. जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img