spot_img

मन्त्री घिसिङले सुरक्षाबाहेकका अन्य कुनै सेवा सुविधा नलिने

spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सुरक्षाबाहेकका अन्य कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । आज ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आफुलाई सुरक्षा चाहिने र सुरक्षासँग सम्बन्धित सेवा सुविधा बाहेक मन्त्रीको हैसियतमा अन्य कुनै सेवा सुविधा नलिने उनले बताए। उनलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिईएको छ ।

उनले आज ऊर्जा मन्त्रालयको कार्यकक्षमा उनले पदभर ग्रहण गरेका हुन् । पदभार ग्रहण लगत्तै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। विभिन्न उद्योगहरुले ८ अर्ब बढी विद्युत बक्यौता उठाउन बाँकि रहेको बताइन्छ।

घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। प्राधिकरणमा रहँदा पनि उनले सो बक्यौता महशुल उठाउन खोजेका थिए। तर उनी बर्खास्तीमा परे। अब उर्जा मन्त्री नियुक्त भएसंगै फेरि उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...