राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी उनले रास्वपा परित्याग गरेकी हुन् ।
उनले भनेकी छिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।’









