Sunday, July 26, 2026
spot_img

अध्यक्ष ढकालको आह्वानः साथीहरू, हामी नआत्तिऔँ, नथाकौं

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा अक्लपनीय क्षति भएपनि निजी क्षेत्रलाई थोक्ने र आत्तिने सुविधा नभएको बताएका छन् । एक वक्तव्य जारी गर्दै अध्यक्ष ढकालले प्रतिकूलताका बाबजुद सम्हालिएर अघि बढ्नुपर्ने बाहेक अर्को विकल्प नरहेको बताएका हुन् ।

‘नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौं’ उनले भनेका छन्, ‘आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरुलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ ।’

उनले अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा निजी क्षेत्रलाई नरहेको भन्दै उनले भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

आगोले ईँटा र काठ जलाए पनि हौसला र आत्मबल बाँकी रहेको भन्दै अध्यक्ष ढकालले अहिले लागेको घाउचोटलाई सबै मिलेर पुर्नुपर्ने बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img