सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलाको ट्वीटर)ले नेपालमा दर्ता हुन नआउने स्पष्ट रुपमा उल्लेख गरेको छ । एक्सले नेपाल सरकारलाई पत्र पठाएरै भ्रष्टाचार हुने देशमा दर्ता नहुने जनाएको हो ।
सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि एक्सले नेपाल भ्रष्टाचार हुने मुलुकको शीर्ष स्थानमै रहेको र त्यस्तो देशमा दर्ता हुने नीति नरहेको स्पष्ट पारेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि यसको पुष्टि गरेका छन् ।
‘एक्सले हामीलाई पत्र पठाएको छ, उसले भ्रष्टचार बढी हुने गरेका देशहरुमा दर्ता नहुने आफ्नो नीति रहेको भनेको छ’ मन्त्री गुरुङले भने ।
एक्सका मालिक विश्वका शीर्ष धनाढ्य मध्येका एक एलन मस्क हुन् ।









