Saturday, July 25, 2026
spot_img

नाडाका अध्यक्षले भने, ‘कार्यकाल लम्ब्याउने नियत छैन, पद हस्तान्तरण गर्न तयार छु’

spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारणसभा बोलाएर पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । कार्यकाल लम्ब्याउनका लागि विशेष साधारणसभा आह्वान गरिएको भन्ने आरोप लागेपछि अध्यक्ष चौधरीले पदमा बसिरहन आफूले कुनै स्वार्थ नराखेको दाबी पनि गरेका छन् ।

एक खण्डन प्रकाशित गर्दै अध्यक्ष चौधरीले भनेका छन्, ‘यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु— म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन । यदि सबै सरोकारवालाले सहमति जनाउनुभयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु ।’

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएकै मितिमा नाडाको विशेष साधारणसभा गर्नका लागि बाटो खुलाइसकेको समेत दाबी गरेका छन् । नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले विशेष साधारणसभा स्थगन गर्न दिएको आदेश फुकुवा गरिसकेको उनको दाबी छ । यस अनुसार अब नाडाको विशष्ो साधारण सभा तोकिएकै मितिमा सम्पन्न हुने समेत उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img