नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले विशेष साधारणसभा बोलाएको छ । भदौ ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले भदौ २४ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त विशेष साधारणसभामा नाडालाई महासंघ बनाउने प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि नै नाडालाई राष्ट्रिय स्तरको महासंघमा रुपान्तरण गर्ने घोषणा भएपनि कार्यान्वयन लगिएको थिएन । अब भने उक्त घोषणा कार्यान्वयन गर्न लागिएको हो ।









