ट्रक, टिप्पर, ट्र्याक्टरधनीले अनिवार्य प्यान लिनु पर्ने

spot_img

आन्तरिक राजस्व विभागले ढुवानीका साधन धनीहरुलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन आग्रह गरेको छ ।ढुवानीका साधन ( ट्रक, टिप्पर, ट्र्याक्टर आदि) को धनी स्वयंले प्यान लिनु पर्ने विभागले जनाएको छ ।

विभागका अनुसार आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय आर्जन गर्न चाहने ब्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद- १७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै ब्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने ब्यवस्था रहेको छ ।

ढुवानीका साधन ( ट्रक, टिप्पर, ट्र्याक्टर आदि) को धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन गरेका केही व्यवसायी र ढुवानीका साधन धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी साधनका धनीहरुले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको भन्ने जानकारी विभागमा आएकोले यथासिघ्र स्थायी लेखा नम्बर लिई कारोवार गर्न विभागले आग्रह गरेको छ ।

उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप गरी कारोवार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने विभागले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...