Tuesday, July 28, 2026
spot_img

ग्वार्को ओभरपास सञ्चालनमा आएपछि सातदोबाटो, कोटेश्वर र वल्खुमा सवारी जाम बढेको हो ?

spot_img

ललितपुरको ग्वार्को ओभरपास सञ्चालनमा आएपछि त्यस क्षेत्रमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता हटेको छ । अहिले ग्वार्को चोकमा चक्रपथभित्र गुड्ने र सानागाउँ तिरबाट आउने गाडी रोकिँदैनन्, अर्थात् जाममा पर्दैनन् ।

तर, यसको प्रभाव सातदोबाटो तथा कोटेश्वर र एकान्तकुना र वल्खु चोकमा देखिन थालेको जानकारहरु बताउँछन् । सवारी तथा यातायात विज्ञ आशिष गजुरेलका अनुसार ग्वार्को ओमरपास पछि ति क्षेत्रमा सवारी चाप बढेको अनुभव हुन थालेको छ । कारण के ? गजुरेल थप्छन्, ‘चक्रपथ २७ कि.मि. को छ, ग्वार्कोको सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि गर्यो तर चक्रपथको क्षमता वृद्धि भएन । ग्वार्कोमा सवारी रोकिँदैनन् तर, ति सवारीहरु पूर्व तिर बालकुमारी र कोटेश्वर चोकमा वा पश्चिमतिर सातदोबाटो थुप्रिने भए ।’

उनका अनुसार बालकुमारी, कोटेश्वर वा सातदोबाटो चोकको क्षमता वृद्धि नहुँदा स्वभाविक रुपमा ग्वार्कोको जाम त्यता सरेको हो ।

अब के गर्ने ?
अन्य चोक तथा क्षेत्रमा जाम बढ्यो भनेर सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित नहुने गजुरेलको तर्क छ । किनकी, ग्वार्को ओभरपासको अनुभव अध्ययन गरेर मात्रै आगामी योजना बनाउनु बुद्धिमानीपूर्ण हुने उनको भनाइ छ ।

उनका अनुसार पूर्वाधार थप गरेर मात्रै जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो । जाम व्यवस्थापन गर्न सडकमा सवारी संख्या कम गर्ने रणनिति बनाउनुपर्छ ।

‘सवारी संख्या कम गर्न सार्वजनिक यातायात सुधार गर्नुपर्छ ता कि मानिसहरु निजी सवारीप्रति कम आकर्षित र सार्वजनिक यातायातप्रति ज्यादा आकर्षित हुन सकुन्’ उनले भने, ‘फ्लाई ओभर वा ओभरपास वा चौडा सडक बनाउँदा उल्पकालिन रूपमा जाम कम हुने हो । दीर्घकालिन समस्याको सामाधान सार्वजनिक यातायातमा राज्यको लगानी हो । यसमा हुईमत नै छैन ।’

उनले सातदोबाटो र एकान्तकुना चोकमा जाम बढेको भएपनि ति क्षेत्रमा अहिले ओभरपास बनाउनतर्फ नलागी ओभरपास वा फ्लाईओभर बनाउने लगानी हाललाई सार्वजनिक यातायात व्यवस्थापनमा उपयोग गर्नु उचित हुने सुझाव पनि दिएका छन् । सार्वजनिक यातायातबाट यातायात प्रणाली सुधार हुने भएकाले यसतर्फ सोच्न आवश्यक रहेको गजुरेलको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...
spot_img