Friday, November 14, 2025
spot_img

‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा जोडियो एलओडी क्लब

spot_img

एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत ‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा सहभागिता जनाएको छ । वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदुषण सम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबले अन्य बार भन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले यस भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ ।

जस अन्तर्गत वातावरण प्रदुषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ ।मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे । यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे । अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्वपूर्ण हुने उनले बताए ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।
‘विशेष गरेर मानवीय क्रियाकलापबाट वायु, जल, भू र खाद्य व्स्तुमा प्रदूषणले असर गरिरहेको छ,’ उनले भने, ‘क्लबमा आउने हरेक ग्राहकले आफूले वातावरणमा गर्नुपर्ने दायित्वकका बारेमा मनन गर्ने छन् ।’

त्यसैगरी, अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए । यस क्लबसँग गरेको सम्झौताले थोरै भए पनि राष्ट्र निर्माणमा योगदान गर्न बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

वातावरण सफा राख्नु सबैको कर्तव्य रहेको उनले बताए। ‘वातावरण रहे मात्रै हामी बाँच्न सक्दछौ भन्ने हेक्का नराखी दिनानुदिन सहरीकरण बढ्दो अवस्थामा छ,’ उनले समझौता पश्चात भने, ‘विषालु रसायनहरूको प्रयोगले गर्दा मानवजातिको मात्रै नभई पृथ्वीमा रहेका जीवजन्तु र वनस्पतिहरूको समेत नष्ट क्षणभरमै हुनसक्ने गम्भीर खालका परिवेशहरू हाम्राअगाडि आइरहेका छन्  ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img