Monday, July 27, 2026
spot_img

‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा जोडियो एलओडी क्लब

spot_img

एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत ‘राष्ट्रको लागी २ घन्टा अभियान’ मा सहभागिता जनाएको छ । वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदुषण सम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबले अन्य बार भन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले यस भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ ।

जस अन्तर्गत वातावरण प्रदुषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ ।मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे । यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे । अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्वपूर्ण हुने उनले बताए ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।
‘विशेष गरेर मानवीय क्रियाकलापबाट वायु, जल, भू र खाद्य व्स्तुमा प्रदूषणले असर गरिरहेको छ,’ उनले भने, ‘क्लबमा आउने हरेक ग्राहकले आफूले वातावरणमा गर्नुपर्ने दायित्वकका बारेमा मनन गर्ने छन् ।’

त्यसैगरी, अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए । यस क्लबसँग गरेको सम्झौताले थोरै भए पनि राष्ट्र निर्माणमा योगदान गर्न बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

वातावरण सफा राख्नु सबैको कर्तव्य रहेको उनले बताए। ‘वातावरण रहे मात्रै हामी बाँच्न सक्दछौ भन्ने हेक्का नराखी दिनानुदिन सहरीकरण बढ्दो अवस्थामा छ,’ उनले समझौता पश्चात भने, ‘विषालु रसायनहरूको प्रयोगले गर्दा मानवजातिको मात्रै नभई पृथ्वीमा रहेका जीवजन्तु र वनस्पतिहरूको समेत नष्ट क्षणभरमै हुनसक्ने गम्भीर खालका परिवेशहरू हाम्राअगाडि आइरहेका छन्  ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img