२५औं संस्करणको आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराले पछिल्लोपटक २०७० सालमा उपाधि जितेको थियो ।
सहाराको जितमा मुकुन्द निउरेले २५औँ मिनेटमा र ताय दिनियलले ७३औँ मिनेटमा गोल गरे । उपाधि जितेको सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँ पाएको छ ।
आहारारा गोल्डकप माघ २७ गतेबाट सुरु भएको थियो ।












