Saturday, July 25, 2026
spot_img

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

spot_img

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मेरो किसान लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा, सञ्चालक सन्तोष बस्तेत र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिप हरी ढुंगानाको उपस्थितीमा आज सम्झौता भएको हो ।

नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बिँउ देखि उत्पादीत कृषि उपजहरु उपभोक्ताको स्थानसम्म आपूर्र्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजनाका साथ स्थापना भएको कम्पनी मेरो किसान लिमिटेडमा विभिन्न क्षेत्रमा विशिष्टीकृत व्यक्तिहरुको संग्लगतामा रहेका छ । मेरो किसान लिमिटेडले किसानसँग प्रत्यक्ष सहकार्य गरी कृषि बिउ बिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजीटल प्लेटफर्म मार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दे आईरहेको छ ।

शेयर निष्काशन गर्ने कम्पनी र शेयर निष्काशनको लागि नियुक्त बिक्री प्रबन्धक दुबै पक्षको यस सहकार्यले कम्पनीलाई पूँजी बजार मार्फत सर्वसाधारणसँग जोडदै कृषि प्रधान देश भनिदै आएको नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दुध डेरीको सञ्चालन गर्ने उद्देश्यले कम्पनीले करीब ३.५ बिगा जग्गा खरिद गरी उक्त कार्यको लागि संरचना निर्माणको कार्य अन्तिम चरणमा रहेको र यस आ.व भित्र कृषि प्रशोधन केन्द्र पूर्ण रुपमा सञ्चालन गर्ने र अर्को आ.व.को पहिलो त्रैमास सम्ममा दुध डेरीको सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img