Tuesday, August 4, 2026
spot_img

शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठ पक्राउ, ६ वर्ष जेल जाने

spot_img

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चैत्र १ गते आइतबार उनलाई काठमाडौँको सीतापाइलाबाट पक्राउ गरेको हो।

बैङ्किङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी फरार थिए । उनी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्ससँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसूरमा संलग्न रहेको अदालतले ठहर गरेको छ ।

नेपाल राष्ट्र बैङ्कको वित्तीय संस्था सुपरिवेक्षण विभागले उनी माथि अनुसन्धान तथा आवश्यक कारबाही गर्न प्रहरीलाई आग्रह गरेको थियो । प्रहरीले अनुसन्धान गरि दुई वटा मुद्दा चलाएको थियो ।

जसमा सर्वोच्च अदालतले  २०८१ भदौ ५ गते फैसला सुनाउदै  श्रेष्ठलाई एउटा मुद्दामा १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ २९ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय सुनाएको थियो भने अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।  अब उनलाई दुई वटा मुद्दामा गरि २२ करोड ६७ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ ९ पैसा जरिवाना र ६ वर्ष कैद सजाय हुनेछ ।  हाल उनी ६९ वर्षका छन् ।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड अहिले समस्याग्रस्त अवस्थामा रही नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको छ। कम्पनीको व्यवस्थापन नेपाल राष्ट्र बैंकले नियुक्त गरेको व्यवस्थापन समितिले गरिरहेको छ। जसको संयोजकमा रोशन कुमार अधिकारी छन् भने सदस्यमा प्रकाश घिमिरे छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img