Monday, August 10, 2026
spot_img

कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

spot_img

कालंगा हाइड्रो लिमिटेडले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई १४ लाख कित्ता शेयर निष्काशन गर्ने छ। स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १५ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।   

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।  यस कम्पनीले बझांगमा  १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...

२४१ प्रतिशतले बढ्यो स्नो रिभर्सको नाफा, ईपीएस १४.२१ रुपैयाँ

स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

बीपी राजमार्ग सूचारु

लेदो र पहिरोले अवरुद्द भएको बीपी राजमार्ग अहिले सञ्चालनमा...

२८८ प्रतिशत बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, ईपीएस ११.१७ रुपैयाँ

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img