Wednesday, July 1, 2026
spot_img

तत्काल गाडी भाडा बढाउन यातायात व्यवसायीको माग, विभागले थाल्यो आन्तरिक छलफल

spot_img
spot_img

इन्धनको भाउ बढेपछि सार्वजनिक यातायात (सवारी साधन)को भाडा बढ्ने देखिएको छ । व्यवसायीहरुले पनि सार्वजनिक सवारी साधनको भाडादर बढाउनुपर्ने माग गर्न थालेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिले डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढेको र अझै मूल्य बढ्ने देखिएकाले सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने बताएका छन् । ‘विषम् परिस्थिति छ, इन्धनको मूल्य बढिरहेको छ, अहिले डिजेलमा १० रुपैयाँ बढेको छ, अझै बढ्ने देखिन्छ’ उनले भने, ‘यसकारण भाडा समायोजनको विकल्प छैन ।’

उनले यदि भाडा समायोजन नगर्ने हो भने सरकारले मूल्य वृद्धि अनुसारको अनुदान उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् । ‘यत्रो मूल्य बढेको छ, भाडा त समायोजन गर्नैपर्यो नि’ सिटौलाले थपे, ‘यदि भाडा समायोजन नगर्ने हो भने अनुदान दिनुपर्छ ।’

‘बागमती प्रदेशमा कुनै छलफल भएको छैन’
सार्वजनिक सवारी साधनको भाडादर समायोजन गर्ने सम्बन्धमा बागमती प्रदेशमा कुनै पनि छलफल अघि नबढेको पाइएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमत प्रदेशका सूचना अधिकारी सागर बिक्रम बस्नेतका अनुसार अहिलेसम्म मन्त्रालयमा भाडादर समायोजन गर्नेबारे औपचारिक रुपमा कुनै पनि छलफल भएको छैन ।

उनका अनुसार प्रदेश मन्त्रालयले सार्वजनिक यातायातको भाडादर नतोकेको पनि धेरै भइसकेको छ । केन्द्र सरकार मातहतको यातायात व्यवस्था विभागले भाडादर समायोजन गरेमा त्यसलाई ‘रिफ्रेन्स’ मानेर प्रदेश सरकारले पनि कुनै निर्णय गर्न सक्ने देखिएको छ । ‘यसबारे अहिले औपचारिक रुपमा कुनै निर्णय नभएको हुनाले यसै भन्न सकिएन’ सूचना अधिकारी बस्नेतले भने ।

के गर्दैछ यातायात व्यवस्था विभाग ?
व्यवसायीहरुले भाडा समायोजन गर्नुपर्ने माग उठाउन थालिसकेको अवस्थामा यातायात व्यवस्था विभागले पनि यसबारे आन्तरिक छलफल सुरु गरेको छ । विभागका महानिर्देशक राजिव पोखरेलका अनुसार विभागको टिमले यसबारे अहिले छलफल गरिरहेको छ ।

‘यस सम्बन्धि अध्ययन र सिफारिस गर्ने एउटा टिम छ हाम्रो, अहिले यहीँ टिमले छलफल गरिरहेको छ’ महानिर्देशक पोखरेलले भने, ‘आज डिजेल र पेट्रोलको भाउ बढ्यो भन्दैमा आजको आजै सवारी साधनको भाडा समायोजन भइहाल्दैन । यसको निश्चित पक्रिया हुन्छ, ति प्रक्रिया पूरा भएपछि समायोजन गर्नैपर्ने देखियो भने समायोजन हुन्छ ।’

विभागको आन्तरिक टिमले कहिलेसम्म समायोजनको सिफारिस गर्ला भन्ने प्रश्नमा भने उनले अहिले यसै भन्न नसकिने जवाफ दिएका छन् । ‘अब पछि हुने कुरा अहिले नै मैले ठ्याक्कै कसरी भनौ र ?’ महानिर्देशक पोखरेलले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img