यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने भएका छन् । उनैले अब नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सपथ गराउने भएका छन् ।
त्यस अघि राष्ट्रपतिले उनलाई पद तथा गोपनीयताको शपथ दिलाउने छन् । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान छ ।
निर्वाचन आयोगले आज समानुपातिक तर्फ निर्वाचित हुने ११० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । जस मध्ये नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसी सबै भन्दा पाका उमेरका देखिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार उनी ७८ वर्षका भए ।
उनी नुवाकोटका हुन् । कांग्रेसको समानुपातिक सूचीतर्फ उनको नाम खस आर्य ‘क्लष्टर’मा पहिलो नम्बरमा समावेश थियो।












