टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ। आज नेपाल र वेस्ट इन्डिजबीच खेल हुन लागेको हो ।
यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । यस अघि नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो भने इटालिसग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो।
२० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। आजको खेलपछि बाँकि खेलमा नेपालले फ ५ मा स्कटल्यान्डसँग खेल्ने छ । नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेलिरहेको हो। यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।












