Friday, May 23, 2025
spot_img

मौद्रिक नीतिमा अध्यक्ष ढकालको प्रतिक्रियाः ललिचो र सकारात्मक

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले संकुचनबाट बजारलाई बाहिर ल्याउने प्रयत्न गरेको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे लगत्तै प्रारम्भिक प्रतिक्रिया दिँदै उनले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बजारमा देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताएका हुन् ।

उनले मौद्रिक नीति सार्वजनिक भएपनि यस सम्बन्धित धेरैजसो व्यवस्था एकिकृत निर्देशन र निर्देशिकाबाट आउने भन्दै आज सार्वजनिक मौद्रिक नीतिको भाव भने लचिलो र बजार माग बढाउने खालकै देखिएको बताए ।

निजी क्षेत्रमा १२.५ प्रतिशतको कर्जा विस्तार, असल ऋणमा प्रोभिजनको व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशत कायम, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम हुनु स्वागतयोग्य भएको अध्यक्ष ढकालको भनाइ छ ।

यस्तै, निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप भएको र निर्माण व्यवसायहरूलाई चेक अनादर भएकै आधारमा मात्र कालोसूचीमा समावेश नगरिने विषय निजी क्षेत्रको माग अनुसार नै आएको उनले उल्लेख गरेका छन् ।

सेयर बजार तथा घरजग्गा कारोबारलाई पनि सम्बोधन गर्ने प्रयत्न गरेको भन्दै मौद्रिक नीति समग्रमा सकारात्मक नै मान्नुपर्ने बताएका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img