Thursday, July 16, 2026
spot_img

मौद्रिक नीतिमा अध्यक्ष ढकालको प्रतिक्रियाः ललिचो र सकारात्मक

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले संकुचनबाट बजारलाई बाहिर ल्याउने प्रयत्न गरेको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरे लगत्तै प्रारम्भिक प्रतिक्रिया दिँदै उनले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बजारमा देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताएका हुन् ।

उनले मौद्रिक नीति सार्वजनिक भएपनि यस सम्बन्धित धेरैजसो व्यवस्था एकिकृत निर्देशन र निर्देशिकाबाट आउने भन्दै आज सार्वजनिक मौद्रिक नीतिको भाव भने लचिलो र बजार माग बढाउने खालकै देखिएको बताए ।

निजी क्षेत्रमा १२.५ प्रतिशतको कर्जा विस्तार, असल ऋणमा प्रोभिजनको व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशत कायम, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम हुनु स्वागतयोग्य भएको अध्यक्ष ढकालको भनाइ छ ।

यस्तै, निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप भएको र निर्माण व्यवसायहरूलाई चेक अनादर भएकै आधारमा मात्र कालोसूचीमा समावेश नगरिने विषय निजी क्षेत्रको माग अनुसार नै आएको उनले उल्लेख गरेका छन् ।

सेयर बजार तथा घरजग्गा कारोबारलाई पनि सम्बोधन गर्ने प्रयत्न गरेको भन्दै मौद्रिक नीति समग्रमा सकारात्मक नै मान्नुपर्ने बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img