Friday, January 30, 2026
spot_img

सुरु भएका सबै उद्यम व्यवसाय सफल हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन (अन्तरवार्ता)

spot_img
spot_img

पछिल्लो केही वर्ष यता ‘युवा उद्यमशीलता’, ‘स्टार्टअप’ जस्ता विषयहरु धेरै सुनिन थालेका छन् । उद्यम व्यवसायमा जमेका घरानाहरुमा पनि अहिले नयाँ पुस्ताको नेतृत्व आइरहेको छ । सँगसँगै, ‘फस्ट जेनेरेशन इन्टरप्रेनरसीप’ पनि मौलाउँदैछ ।

युवाहरुमा उद्यमशीलता र व्यवसायिकताको पैरवी गर्न अहिले ‘नेपाल युवा उद्यमी मञ्च’ (एनवाईईएफ) नामक संगठन पनि विस्तार भइरहेको छ । विभिन्न ‘फोरम क्रियट’ गरेर युवा उद्यमशीलताका विषयहरुमा छलफल गर्ने, नीतिगत सहजताका लागि बहस गर्ने, ‘युथ जेनेरेशन’को सोच नीति निर्माताहरुसम्म पुर्‍याउने थलोका रुपमा विकसित भइरहेको ‘एनवाईईएफ’को हालैको अधिवेशनबाट अध्यक्षमा चयन भएका छन् एसजी ग्रुपका निर्देशक सुदीप घिमिरे । हामीले उनै घिमिरेसँग कुराकानी गरेका छौँ ।

तपाईको डेढ दशक लामो यात्राले देखेका युवा उद्यमशीलताका चुनौती के के हुन् ?

पहिलो कुरा त, युवाहरुलाई विश्वास गर्ने वातावरण नै अझै बनिसकेको छैन । कुनै युवाले मैले यस्तो उद्यम व्यवसाय गर्न खोजेँ भनेर सुनाउँदा उसलाई झट्ट विश्वास गरिन्न । बैंक, पोलिसी मेकरहरुले पत्याउन निकै कठिन छ ।

अहिले चाहिँ बरु युथहरुको पनि भ्वाइस सुन्नुपर्छ भनेर केही ठाउँ दिन थालिएको छ । सबै कुरा क्रमश: सिफ्ट हुँदैछ । अहिले टिभी हेर्नु पर्दैन, मोबाइलमै समाचार आउँछन् । पत्रपत्रिकाको सट्टा डिजिटल मिडिया आइरहेका छन् । यसैगरी उद्यम व्यवसायमा पनि युवा पुस्ताका कुरा सुन्नुपर्छ भन्ने महशुस भइरहेको पाइन्छ ।

दोस्रो कुरा, हाम्रो स्कुलिङ र एजुकेशनमा पनि समस्या छ । हामीसँग ‘स्किल बेस्ड एजुकेशन’ छैन । सीपयुक्त शिक्षा नहुनु भनेकै युवाहरु अलमलिनु हो । हामीले पढ्ने र पढाउने कोर्सको संरचनामै समस्या छ ।

यसैगरी, स्रोतको पहुँच पनि युवाहरुका लागि चुनौती छ । स्रोतमा पहुँच नहुनु भनेको उद्यम व्यवसाय सुरु गर्नै नसक्नु हो । अहिले बरु स्टार्टअप जस्ता कुराहरु आइरहेका छन्, यीनले केही सहज बनाउँदै लगेको छ । तर, आजभन्दा १५ वर्षभन्दा अगाडी त यो कल्पनै थिएन ।

यस्तै, कसैले आफ्नै बलले कुनै काम सुरु गरेर केही वर्षपछि त्यसलाई बढाउँछु भन्नका लागि पनि समस्या छ । एउटाले सुरु गरेर सफलता पाएको देखेपछि अर्को पनि त्यस्तै काममा आइहाल्ने हाम्रो देशको प्रवृत्ति छ । उदाहरणका लागि खाना डेलिभरी गर्ने कुनै एउटा कम्पनी आएर राम्रो गरेको देखेपछि त्यस्ता सयौँ कम्पनी आइदिन्छन् ।

नेपालमा काम गर्छु भन्न र कम्पनी दर्ता गर्न सजिलो छ तर, ‘सस्टेन’ र ‘ग्रो’ गर्न गाह्रो छ । छिमेकी देश भारतमा हेर्ने हो भने त्यहाँ प्रवेश गर्न गाह्रो छ, तर प्रवेश गरिसकेपछि सस्टेन र ग्रो हुन्छ हुन्छ । यसको अर्थ अरुले गरेको काम गर्नै हुँदैन भन्ने होइन, तर त्यसको अध्ययन चाहिँ हुनुपर्छ ।

पोलिसीका केही हडलहरु छन् कि ?

मैले अघि पनि भने, हामीकहाँ इन्ट्री गर्न सजिलो छ, तर एक्जिट गर्न सकस छ । कम्पनी दर्ता गर्न सजिलो छ, तर बन्द गर्नुपर्ने भयो भने असिन–पसिन हुनुपर्ने अवस्था छ । सुरु भएका सबै उद्यम व्यवसाय सफल नै हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन, असफल पनि हुन सक्छन् ।

अझ स्टार्टअप भनेको त ‘एक्सपेरिमेन्ट’ हो, सबै एक्सपेरिमेन्ट दुनियाँमा कहीँ पनि सफल हुँदैनन् । सुरु भएकामध्ये २०/३० प्रतिशत स्टार्टअप मात्रै सफल हुने हुन् । बाँकी ७०/८० प्रतिशत त फेल नै हुन्छन् । फेल पनि हुन्छन्, बन्द पनि हुन सक्छन् भन्ने कन्सेप्टबाट पोलिसीहरु आउनुपर्‍यो ।

फेरि हामीकहाँ भविष्यमुखी नीति तथा नियमहरु बन्दैनन् । कुनै नयाँ खालको बिजनेश कन्सेप्ट आएपछि बल्ल कानुन बनाउनतिर लाग्ने हाम्रो परम्परा छ । दुनियाँमा भइरहेका कुरा नै आउने हुन्, तर हामीले अन्तर्राष्ट्रिय बजारमा भइरहेका नयाँ नयाँ कुराहरुलाई हेरेर ति कुराहरु कुनै दिन नेपालमा पनि आउन सक्छन् है भन्ने सोचेर पूर्व तयारी नै गर्दैनौँ । यो भनेको ठूलो ग्याप हो ।

हाम्रा नीतिगत निर्णय गर्ने निकाय र नीति निर्माताहरुले युथ इन्टरप्रेनरसीप बढाउन उनीहरुले हेर्ने नजर कस्तो भइदिनुपर्छ ?

पोलिसी मेकरहरुमा युथ जेनेरेशन पनि छ है भन्ने सोच नभएको होइन । फेरि नीति निर्माताहरुले केही पनि गरेका छैनन् भन्ने पनि होइन, केही नयाँ नयाँ कुराहरु हुन पनि थालेका छन् । स्टार्टअप लोनको कन्सेप्ट नीति निर्माताहरुले नै ल्याएका हुन् । तर, त्यसको कार्यान्वयन चाहिँ सही तरिकाले भएको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । स्टार्टअप लोन पहुँचवालाले मात्रै पाउँछन्, जेन्यूइन कम्पनीले पाउँदैनन् भन्ने आम बुझाई छ । यस्ता यस्ता कुराहरुमा नीति निर्माताहरुले बढी चनाखो भएर हेरिदिनुपर्छ भन्ने लाग्छ ।

एउटा उदाहरण भनौँ, तराईका जिल्लाहरुमा एकताका माछा पालनमा अनुदान र सस्तो ब्याजको लोनको कुरा खुब आयो । वर्षौदेखि माछा पालन गरिरहेको, जेन्यूइन रुपमा माछा पालन गरिरहेको किसानले त्यस्तो अनुदान र लोन पाएन, बरु इँटा भट्टावालाले वर्षाको पानी जम्मा गरेर केही माछा हाले, पहुँचका आधारमा अनुदान लिए । यस्तो समस्या सबैतिर छ । हाम्रो सरकार, हाम्रा नीति निर्माता, हाम्रा नियामक र सम्बन्धित निकायहरुले यस्ता कुरा चाहिँ एकदमै गम्भीरतापूर्वक लिन आवश्यक छ ।

युवा उद्यमशीलताको विकास गर्ने सवालमा एनवाईइएफको भूमीका चाहिँ के हुन्छ ? उद्योग वाणिज्य महासंघसँग मिलेर जाने ठाउँबाहेक अन्य जिम्मेवारी चाहिँ के हुन्छ ?

एनवाईइएफ भनेको पूर्ण रुपमा ‘इन्डिपेन्डेन्ट अर्गनाइजेशन’ हो । सेकेण्ड जेनेरेशन, थर्ड जेनेरेशन इन्टरप्रेनरसीप भएपनि हामी उद्योग वाणिज्य महासंघकै अङ्ग भने होइनौँ । तर, हामीले एफएनसीसीआईलाई आफ्नो अभिभावकका रुपमा लिने र उहाँहरुले हामीलाई भाइ/भतिज हो भनेर माया मोह देखाउने कुरा त छँदैछ ।

एनवाईइएफ अहिले क्रमश: विस्तार हुँदैछ । उद्यमशीलताको ट्रेण्ड बढेको पनि पछिल्लो दशकमै हो । हामीसँग १५ देखि २० प्रतिशत सदस्य त ‘फस्ट जेनेरेशन इन्टरप्रेनर’ नै छन्, जसले आफैँले कुनै उद्यम व्यवसाय सुरु गरे । कसैले स्ट्राबेरी फार्मिङ गर्नुभएको छ, कसैले डिजिटल मिडियाको आउट सोर्सिङको काम गरिरहनु भएको छ । कसैले बारिष्टाको काम गर्नुभएको छ, कसैले एजुकेशन सेक्टरको काम गरिरहनु भएको छ, कसैले अकाउण्टिङ एप बनाइरहनु भएको छ । यस्ता धेरै क्षेत्रका साथीहरु हामीसँग भएकाले हामीले स्पेसिफिक इन्डष्ट्रीको कुरा भन्दा पनि काम गर्दा आइपरेका समान खालका समस्या पहिचान गरेर सुधारमा पैरवी गर्न सकिन्छ कि भनेर काम गर्न खोजेका हौँ ।

एसजी ग्रुपको आगामी लगानी रणनीति के छ ?

हाम्रो प्राइम फोकस ऊर्जा नै हो । नेचुरल ग्याँसको करिब करिब तयारी सकेर बसेका छौँ, चाँडै सुरु गर्दैछौँ । नेचुरल ग्यास भनेको दैलेखमा भेटिएको भनिएको जस्तै ग्याँस हो । दैलेखमा भेटिनुभन्दा अगाडी नै हामीले नेपालमा सुरु गरौँ भनेर तयारी अघि बढाएका थियौँ ।

हामीले उद्योगहरुमा उपयोग गर्ने गरी नेचुरल ग्याँस ल्याउन खोजेका हौँ । यो भनेको ग्रीन इनर्जी हो । कोइला, फर्नेक्स आयलबाट वायु प्रदूषण भइरहेको हुन्छ । डिजेल पनि क्लिन फ्यूल होइन ।

चीनले फर्नेक्स आयलको प्रयोग नै बन्द गरेको छ । नेपालमा उद्योगहरुबाट निस्केको धुँवा धुलोले कति मात्रामा प्रदूषण गरेको छ भन्ने कुनै तथ्यांक छैन । तर, प्रदूषण त भइरहेको छ । यसकारण हामीले नेचुरल ग्याँस ल्याएर कोइला, फर्नेक्स आयललाई रिप्लेस गर्ने लक्ष्य लिएका छौँ ।

अहिले भारतले त नेचुरल ग्याँसबाट गाडी पनि चलाउन थालिसकेको छ । तर हामीले अटोमोबाइल्सका लागि होइन, इन्डष्ट्रीमा चाहिँ नेचुरल ग्याँस ल्याउन खोजिरहेका छौँ ।

अरु क्षेत्रमा लगानी विस्तार गर्ने योजना छ कि छैन ?

हामीले अहिले अन्य क्षेत्रमा लगानी विस्तार गरिहाल्ने योजना बनाएका छैनौँ । इनर्जीमै लगानी डाइभर्सिफाई गर्ने भनेर लागेका छौँ । एलपीजी ग्याँस गरिरहेका छौँ, अब क्लिन इनर्जीमा जाने भनेर लागि परेका छौँ ।

हाइड्रोपावरमा छौँ । ३ वटा हाइड्रोपावर परियोजना सम्पन्न भइसकेका छन्, भोजपूरमा ४१ मेगावाटको गुँरास हाइड्रो कन्ट्रक्शनको चरणमा छ ।

अन्तिममा, एनवाईईएफको अध्यक्षका रुपमा उद्यम व्यवसाय गर्ने सोच बनाइरहेका युवालाई दिने सन्देश के छ ?

भर्खरै कुनै विश्वविद्यालयको अध्ययन सकेर बसेका युवा पुस्ता हरेक क्षेत्रमा आफैँ जानकार छ । यति टेक्नोलोजी फ्रेण्डली छ कि, उसले धेरै कुरा बुझेको छ । हामी २० वर्षको हुँदा हामीले पाउने सूचना र स्रोतको पहुँचभन्दा आज त्यहीँ उमेरको मान्छेले पाउने सूचना र स्रोतको पहुँचमा आकाश जमिनको फरक छ । साँच्चै भन्नुपर्दा, इन्फरमेशनको ‘ओभर फ्लो’ नै छ ।

तर, मैले अनुभवका आधारमा दिने सन्देश भनेको चाहिँ जे बिजनेश गरेपनि, जुनसुकै उद्यम गरेपनि त्यस क्षेत्रको ‘रिसर्च’ चाहिँ राम्रो गर्नुपर्छ । आफूले जे गर्न खोजेको हो, त्यसको नालीबेली कम्तीमा जानकारीमा राख्नुपर्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको, म फेलियर पनि हुन सक्छु है भनेर त्यस अनुसार पनि आफूलाई तयार राख्नुपर्छ । काम सुरु गरेपछि म सफल भइहाल्छु नि भन्ने सोचेर अघि बढ्दा कथमकदाचित सफल भइएन भने त्यसपछि एड्जस्ट हुन गाह्रो हुन्छ । यसकारण फेल हुन पनि सक्छु है भनेर त्यस अनुसार मानसिक रुपमा आफूलाई तयार पानुपर्छ ।

मैले किन यो भनिरहेको छु भने, फेल हुँदैमा ‘जर्नी स्टप’ हुनु हुँदैन । जर्नी स्टप नहुनका लागि असफलतालाई पनि स्वीकार गर्न सक्नुपर्छ । तपाईले कुनै काम सुरु गर्दा सफल भए ठिकै छ, त्यसलाई बढाउने, फैलाउने कुरा हुन्छ । सफल भइएन भने सिकाइ हुन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अमेरिका-इरान तनाव बढ्दै, दुबै देश युद्दको लागि तयारी अवस्थामा

अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति...

चाँदीको कारोबार गर्ने हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो एजिएम

हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले...

बाह्य अडिटपछि बैंकहरुको खुदनाफामा कति देखिन्छ धेरै ठूलो अन्तर ?

सबै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो...

तोलामा २० हजार ५ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, आजदेखि परीक्षण सुरु हुँदै

निर्माण सम्पन्न भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आज...
spot_img
spot_img