Tuesday, August 4, 2026
spot_img

चाँदीको कारोबार गर्ने हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो एजिएम

spot_img

हिमालयन बुलियन कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले फागुन १० गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीको सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाउने र सो समबन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुनेछ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ज्योति क्यापिटललाइ बिक्रि प्रबन्धक चयन गरिसकेको छ। कम्पनीले  प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा कुल १२ करोड ५० लाखबराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।

१५ वर्ष अगाडी स्थापना भएको यस कम्पनीको मूल उद्देश्य चाँदीमा लगानीलाई सरल, सुरक्षित र सबैका लागि उपलब्ध गराउनु रहेको छ। कम्पनीले लगानीको लागि ९९.९९% शुद्ध चाँदीका बारहरू उपलब्ध गराउँने गरेको जनाएको छ।  गरगहना सरहका उत्पादनहरूमा प्रायः उच्च मेकिङ चार्ज लाग्ने भए पनि यी बारहरू शुन्य प्रतिशत मेकिङ चार्जमा बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले बाई ब्याक ग्यारेण्टी पनि दिने गरेको छ।

कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...
spot_img