अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले अवसर इक्विटी डाइभर्सिफाइड फण्ड र अवसर अग्रोथ एण्ड भ्यालु फण्ड संचालन गरिरहेको छ ।










