spot_img

इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला

spot_img

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले आफ्नो घरमा ज्वाईँ सन्तोष पौडेलको नाममा क्लासिक टेकको इन्टरनेट जडान गरेका थिए । २०८२ साल बैशाख १ गते जडान गरेको इन्टरनेट सेवा २०८२ फागुन २८ गते अवरुद्द भयो । तत्कालै कम्पनीमा खबर गर्दा पनि कुनै प्राविधिक पठाएन । बल्ल पाँचौ दिनमा कम्पनीले प्राविधिक आएर हेरे, तार फेर्नुपर्छ भने । त्यसपछि शिवप्रसादले ९०४ रुपैयाँको तार फेरे ।

त्यसपछि २०८३ बैशाख १ गते उनले इन्टरनेटको स्पिड १०० एमबीपीएसको सट्टा १२५ एमबीपीएस हुने गरी ५ हजार ९७८.८३ रुपैयाँ तिरेर नवीकरण गरे । तर, बैशाख ९ गते इन्टरनेट सेवा पुनः अवरुद्द भयो । पौडेलले यसबारे जानकारी गराएपनि सुरु सुुरुमा कम्पनीले ‘पोल सारिएको’, ‘अर्को कम्पनीले तार काटिदिएको’ जस्ता बाहना बनायो । ७ दिनसम्म पनि समस्या समाधान नगरिदिएपछि पौड्यालले आफ्नो समस्या सार्वजनिक गरे ।

त्यति गर्दा पनि क्लासिक टेकबाट कुनै सुनुवाई नभएपछि उनले हेलो सरकार, जिल्ला प्रशासन कार्यालय भक्तपुर र नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिए । बैशाख २३ गते प्राधिकरणले क्लासिक टेकका प्रतिनिधि र उजुरीकर्ता पौड्याल दूबैलाई बोलाएर छलफल गरायो । छलफलमा क्लासिक टेक कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्दै सुशिलसिंह थापा नाम गरेका व्यक्ति सहभागी भएका थिए । आफूले हैरानी खेप्नु परेको भन्दै पौड्यालले उक्त छलफलमा क्षतिपुर्ति माग गरे, तर क्लासिक टेकका प्रतिनिधि थापाले क्षतिपुर्ति दिने कम्पनीको नीति नरहेको जवाफ फर्काए ।

त्यसपछि बैशाख २८ गते उनले बाध्य भएर अर्को कम्पनीको इन्टरनेट जोडे । पौडेलका भाई फणिन्द्र प्रसादले पनि दाजुकै सिफारिसमा क्लासिक टेककै इन्टरनेट जडान गरेका थिए । तर, सेवा अवरुद्द भएको ८ दिनसम्म टेलिभिजन सेवा नचलेपछि उनले पनि बाध्य भएर अर्कै कम्पनीको सेवा जडान गरे ।

यसरी इन्टरनेट सेवा प्रदायकको व्यवहारले आफूलाई आर्थिक तथा मानसिक नोक्सानी ब्यहोर्नु परेपछि पौड्यालले १० लाख रुपैयाँ क्षतिपुर्ति माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा जेठ १९ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरे ।

क्षतिपुर्ति तिर्नुपर्ने फैसला

यो मुद्दामा उपभोक्ता अदालतले २०८३ भदौ ५ गते मेलमिलापका लागि पठाउने आदेश दियो । तर, २०८३ असोज १ गते अदालतका न्यायाधीश द्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले वादीको आंशिक मागदाबी पुग्ने ठहर गर्दै क्लासिक टेकले २ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति तिर्नुपर्ने फैसला गरेको हो ।

यो मुद्दामा उपभोक्ता शिवप्रसाद पौड्यालको तर्फबाट उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता ज्योति बाँनिया, मञ्चका महासचिव वरिष्ठ अधिवक्ता विष्णु प्रसाद तिमल्सिना र अधिवक्ता आकृति त्रिपाठीले बहस गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...

गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २...

अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले  संचालन गरेको आरविवि म्युचुअल फण्ड...

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...