आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७१ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ९४ रुपैयाँ तोकिएको छ ।












