आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार १ सय ३१ रुपैयाँ तोकिएको छ ।












