आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७ सय ९७ रुपैयाँ तोकिएको छ ।












