आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६६ हजार ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ५१ रुपैयाँ तोकिएको छ ।












