आज शुक्रबार पनि सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६० हजार २ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ८७ रुपैयाँ तोकिएको छ ।













