यी हुन् धितोपत्र बोर्डसँग PEVC को लाईसेन्स मागेका ४३ कम्पनी, आज्ञाले पाईसक्यो LOI

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डमा विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको अनुमतिपत्रका लागि आवेदन पेश गरेका संस्थाहरु झन्डै ४ दर्जन पुगेका छन्। बोर्डका अनुसार आजको मितिसम्ममा ४३ वटा कम्पनीले  विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको लाईसेन्स माग गरेका छन् । यस्ता संस्थालाई बोलीचालीको भाषामा Private equity venture capital (PEVC) भनिँदै आएको छ।

हालको विद्यमान व्यवस्था अनुसार पीईभीसीहरुलाई एक वर्षको मात्र लकइन अवधिको वव्यवस्था रहेको छ। अर्थात् यदि कुनै पीईभीसीले लगानी गरेको कम्पनीले आईपीओ निष्काशन गरेर पुँजीबजारमा आएमा त्यसको एक वर्ष मै पीईभीसीले आफुले गरेको लगानी दोस्रो बजार मार्फत बिक्री गर्न पाउने छन्। संस्थापक शेयरधनीलाई ३ वर्षको लकइन अवधि राखिएकोमा पीईभीसीलाई आईपीओ आएपछि १ वर्ष मै एक्जिटको सुविधा रहेकोले संस्थाहरु पीईभीसीको लाईसेन्स पाउन लालायित देखिएका छन् ।

अनुमति माग गर्नेमा ब्रोकरहरुको अगुवाईमा खुलेका संस्था, शेयरबजारका ठूला लगानीकर्ताले खोलेका संस्था, बैंकका सहायक कम्पनी, बीमाका सहायक कम्पनी, र मर्चेन्ट बैंकर्स लगायत रहेका छन् । यद्यपि मर्चेन्ट बैंकले लाईसेन्स पाउँछ वा पाउँदैन निश्चित छैन । एक पीईभीसीका संचालकका अनुसार धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष रहेको बेला मर्चेन्ट बैंकर्सलाई अन्तिम पटकको लागि पीईभीसीको लाईसेन्स प्रदान गरिएको र त्यसपछि उनीहरुले लाइसेन्स नपाउने बताएको दाबी गर्छन् । उनका अनुसार धितोपत्र बोर्डले मर्चेन्ट बैंकर्सहरुआई पीईभीसीको लाईसेन्स प्रदान गर्नु हुदैन। अहिले भएका पीईभीसीहरुले नै आवश्यक फण्ड जुटाउन नसकिरहेको बेला आवश्यकता औचित्य र क्षमताको विश्लेषण नगरी थप लाईसेन्स दिन नहुने उनको भनाई छ। यद्यपि बोर्डमा नयाँ नेतृत्व आएकोले बोर्डले मर्चेन्ट बैंकलाई लाईसेन्स दिन्छ कि दिंदैन त्यो भने हेर्न बाँकी छ ।

यी हुन् बोर्डमा लाईसेन्सको लागि आवेदन दिएका ४३ कम्पनी :

१. आज्ञा ईक्यूटी फण्ड लिमिटेड
२. समृद्धि इक्वीटी लि.
३. द्रव्यमाक्स भेन्चर लि.
४. एलिभेट भेन्चर्स लि.
५. एग्रो डेभलपमेन्ट फन्ड लि.
६. एस.एन.पि.भेन्चर लिमिटेड
७. प्रोस्पेरीटी ग्रोथ पार्टनर्स लिमिटेड
८. एक्स इक्वीटी लिमिटेड
९. हिमालयन क्यापिटल लिमिटेड
१०. एभरेष्ट फण्ड लिमिटेड
११. सनलाइफ क्यापिटल लि.
१२. रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लि.
१३. सिटिजन्स क्यापिटल लि.
१४. एशियन क्यापिटल लिमिटेड
१५. एलिभेसन पार्टनर्स प्राइभेट लिमिटेड
१६. मुक्तिनाथ क्यापिटल लि.
१७. ज्योति क्यापिटल लि.
१८. माछापुच्छ्रे क्यापिटल लि.
१९. नेपाल लाइफ क्यापिटल लि.
२०. पिक इक्युटि भेन्चर लिमिटेड
२१. ईन्भेस्टलिस्ट क्यापिटल लि.
२२. सारथी इक्विटी फण्ड लि.
२३. आशा इक्वीटी भेन्चर्स लि.
२४. कुमारी क्यापिटल लि.
२५. जेरोधा इक्वटी लि.
२६. ब्रास एसेट म्यानेजमेन्ट कम्पनी लि.
२७. क्रियटिभ वेल्थ प्रा.लि.
२८. मम्मा नेपाल प्रा.लि.
२९. फिनलोजिक क्यापिटल लि.
३०. निवेश इन्भेष्टमेन्ट फन्ड लिमिटेड
३१. रिलायन्स नेपाल भेन्चर क्यापिटल लिमिटेड
३२. भर्गो क्यापिटल लिमिटेड
३३. हाइटरक क्यापिटल लिमिटेड
३४. बिजनेश ईम्पाक्ट फन्ड लि.
३५. रोयल पार्टनर्स लि.
३६. आन्टवृज भेन्चर्स लि.
३७. बिन्ध्यवासिनी इक्वीटी फण्ड लि.
३८. गरिमा क्यापिटल लि.
३९. भिक्टर इक्वीटी लि.
४०. आर्करिज क्यापिटल पार्टनर्स लि.
४१. समिट क्यापिटल भेन्चर्स लि.
४२. आरोहण भेन्चर्स क्यापिटल लि.
४३. गुरू क्यापिटल लि.

बोर्डका अनुसार यी ४३ कम्पनी मध्ये आज्ञा ईक्यूटी फण्ड लिमिटेडले आशयपत्र पाईसकेको छ। आशयपत्रका शर्त पुरा गरिसकेपछि आज्ञाले छिट्टै लाईसेन्स पाउँन सक्ने बताईएको छ ।

बोर्डले हालै मात्र इम्पेरीयल इन्नोभेसन फण्ड लिमिटेड र ब्लुचिप भेन्चर क्यापिटललाई लाईसेन्स प्रदान गरेको छ । यस संगै बोर्डबाट  विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको अनुमतिपत्र पाउने संस्थाको संख्या २३ पुगेको छ ।

यी हुन् लाईसेन्स पाईसकेका २३ संस्था

१. आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड
२. अल्फा प्लस भेन्चर्स लिमिटेड
३. एपेक्स फण्ड्स लिमिटेड
४. अवसर इक्विटी लिमिटेड
५. ब्लु चिप भेन्चर क्यापिटल लिमिटेड
६. स्वेडा इक्विटी फण्ड लिमिटेड
७. ग्लोबल इक्विटी फण्ड लिमिटेड
८. हिमालयन भेन्चर्स क्यापिटल लिमिटेड
९. इम्पेरियल इनोभेसन फण्ड लिमिटेड
१०. लक्ष्मी सनराइज क्यापिटल लिमिटेड
११. म्याभरिक कौटिल्य भेन्चर लिमिटेड
१२. मोघा इन्फ्राब्लक्स लिमिटेड
१३. मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट लिमिटेड
१४. नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
१५.नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड
१६. एनआईबीएल एस क्यापिटल लिमिटेड
१७. एनआईसी एसिया क्यापिटल लिमिटेड
१८. एनएमबी क्यापिटल लिमिटेड
१९. प्रभु क्यापिटल लिमिटेड
२०. रिलायबल भेन्चर क्यापिटल लिमिटेड
२१. टिम पार्टनर्स फण्ड लिमिटेड
२२. त्रिशक्ति इक्विटी फण्ड लिमिटेड
२३. ट्रस्ट इक्विटी फण्ड लिमिटेड

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मन्त्रिपरिषद्को ६ निर्णय : ऋण स्वीकृति, NRIC को हकप्रददेखि अध्यादेशसम्म

आज २०८३ कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न...

नगरकोटमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य...

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको...

वैकल्पिक विकास वित्त कोषको सीईओको लागि ६ जनाको आवेदन स्वीकृत

वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

ह्याकरले सयौं फ्रिज ह्याक गरेर ५० डिग्री पुर्याईदिए तापक्रम, करोडौंको खाद्यान्न क्षति

फ्रान्समा अहिलेसम्मकै अनौठो साइबर आक्रमण भएको छ। फ्रान्सका सयौं...

फरक मूल्यसहित रातो र निलो सिलिण्डर ल्याउन व्यवसायी तयार, मर्जमा खोजे आयकर छुट

नेपाल आयल निगमले कार्तिक १२ गते ग्यास उद्योगहरुलाई अनुरोध...